Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेल समूहको आपत्ति

ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेल समूहको आपत्ति

  • 450
    SHARES

  • ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेल समूहको आपत्ति

    काठमाडौँ,मंसिर २७।

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ ।

    शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो ।

    पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन् ।

    ‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो’, राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर २७ २०८२१२:२२:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology