Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ गायन ताराको उपाधि न्यू होराइजनका शाकारले जिते

तिनाउ गायन ताराको उपाधि न्यू होराइजनका शाकारले जिते

  • 3.8K
    SHARES

  • तिनाउ गायन ताराको उपाधि न्यू होराइजनका शाकारले जिते

    बुटवल,मंसिर २५ ।

    बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलमा भएको जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिताको उपाधि न्यू होराइजन उमाबिका शाकार शाहीले जितेका छन् ।

    प्रतियोगितामा अक्सफोर्ड उमाबिका शिक्षान्त न्यौपाने दोस्रो तथा शैनिक आवाहिय महाबिद्यालयका रिवाज थारु तेस्रो  र बुटवल एक्स आर्मीको हिमा थापा सान्त्वना भएकी छन् ।IMG_1542.jpeg

    प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार पुरस्कार मेडल र प्रमाणपत्र पाएका छन् ।उनीहरुलाइ बिद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे,अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली ,बिद्यालय संयोजक नारायण पोख्रेल,खेल संयोजक नविनरत्न शाक्य लगायतले पुरस्कार बितरण गर्नुभयो ।

    प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अबसरमा प्याब्सन केन्द्रिय सदस्य खेमेन्द्र राना, , अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका निर्बचमान अध्यक्ष दिनेश भुसाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य लगायतले बोलेका थिए ।IMG_1535.jpeg

    गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित  आयोजित अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा प्रतियोगिता भएको हो ।प्रतियोगितामा जिल्लाका ३३ बिद्यालयका बिद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका सहप्राचार्य सुर्यप्रसाद पाण्डेले प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३३ विद्यालयका विद्यार्थी सहभागि बताए ।IMG_1506.jpeg

    प्रतियोगितामा कक्षा १० सम्मका मात्र विद्यार्थी प्रतिष्पर्धामा भाग लिएको कार्यक्रम संयोजक नवीनरत्न शाक्यले बताउनुभयो ।कार्यक्रमको संचालन शिक्षक अग्निधर पोखरेलले गर्नुभएको थियो  । २०५६ मा स्थापना भएको विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कार्उक्रममा निर्णयाकमा गायक बसन्त श्रेष्ठ, इसिए इन्चार्ज नविनरत्न शाक्य  तथा किशोर बिक रहनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology