Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही क्षेत्र न १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

रुपन्देही क्षेत्र न १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

  • 597
    SHARES

  • रुपन्देही क्षेत्र न १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

    बुटवल,मंसिर २४ ।

    आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो ।

    क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले बताए ।

    यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।

    क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ ।

    यस्तै समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस भएको छ ।

    यसैगरी राष्ट्रिय सभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको रुपन्देही २ का नेता विमलराज भट्टराईले जानकारी दिए ।

    रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । २०७९ को चुनावमा भने पौडेलले रास्वपाका उम्मेदवारलाई १५ सय भन्दा कम मत अन्तरले मात्रै पछि पारेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर २४ २०८२०८:४७:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology