बुटवल,मंसिर २४ ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीलेआज सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ उनले भनेका छन्।
गुल्मी २ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस केन्द्रिय सदस्य समेत रहेका उनी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।
उनी कांग्रेसभित्र स्वच्छ छवि र प्रष्ट विचार राख्ने नेताका रुपमा लाेकप्रिय नेता हुन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)