Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानको ६५ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शुभारम्भ

कालिका मानवज्ञानको ६५ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शुभारम्भ

  • 3.8K
    SHARES

  • कालिका मानवज्ञानको ६५ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शुभारम्भ

    बुटवल, मंसिर २३।

     देशकै सर्वोत्कृष्ठ सामुदायीक  विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका  खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ ।

    सोमबार सेक्टर–१ कालिका नगरमा एक विशेष कार्यक्रमको आयोजना  गरी बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ  गरेका हुन ।

     कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पियाले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने धाराण राखेका थिए । उनले विद्यालय स्तरबाट खेलकुद जन्य गतिविधीलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे सहित कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन, मानविकी संकाय विहिनी र  दिवा समुहका ईन्चार्जहरुको समेत सहभागीता रहेको थियो ।

     विद्यालयको ६५ औ बार्षिक उत्सवको अवसर मंसिर २३, २४ र २५ गते आन्तरिक खेलकुद प्रतियोगीता आयोजना हुने छन् । जसमा लङ जम्प, हाई जम्प, दौड २०० मिटर, ३०० मिटर, ४०० र ८०००  मिटर सहित छात्रछात्रा कवड्डी प्रतियोगीता, भलिवल प्रतियोगीता  आयोजना गरिएको हो ।kalika school news  (3).jpg

    यसको साथै विद्यालयको आयोजनामा जिल्ला स्तरिय कालिका कप खेलकुद प्रतियोगीता समेत आयोजना हुँदै छ ।  जसमा छात्र छात्रा भलिवल प्रतियोगीता, जिल्ला स्तरिय कबड्डी प्रतियोगीता समेत आयोजना हुने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।   

    भलिवल र कबड्डीमा  सहभागी विद्यालय मध्ये प्रथम हुनेले ३० हजार मेडल, कप र प्रमाणपत्र ट्राफि र द्धितिय  टिमले २० हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफि र तृतिय  विद्यालयले १० हजार नगद सहित मेडल, प्रमाणपत्र, ट्रफि पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए ।

    जुन प्रतियोगीता पुस १ देखि ५ गते सम्म चल्ने छन् । विद्यालयको बार्षिक उत्सव ६ गते छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम सेक्टर २ रामनगरमा हुने छ भने मुल समारोह  ६ गते कालिकानगर सेक्टर १ मा मा हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology