Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर बितरण गर्ने

भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर बितरण गर्ने

  • 4.0K
    SHARES

  • भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर बितरण गर्ने

    बुटवल, मंसिर १६ ।

    भिजन लुम्बिनी लिमिटेडले १० प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रतिवेदन अनुसार १ हजार जना शेयर सदस्य वापत एक लाखमात्र कायम हुने शेयर सदस्यहरुलाई १० प्रतिशत बराबरको वोनश शेयर कायम हुने गरि वितरण गर्ने संचालक समितिले निर्णय गरेको छ ।

    रुपन्देहीको बुटवलबाट स्थापना भएको यस संस्थाले आरम्भ चौतारी लघुवित्त संस्था ,हिमस्टार उर्जा कम्पनी लि., भिजन लुम्बिनी उर्जा कम्पनी लि.,ट्रष्ट माईक्रो इन्सोरेन्स लि.,रुपन्देही र कास्कीमा संस्थाको नाममा रहेको जग्गामा, नमोबुद्ध उर्जा कम्पनीप्रा.लीमा लगानी र नयाँ उर्जा उत्पादनको अघि बढिसकेको प्रकृयामा समेत लगानी गरिसकेको छ ।

    भिजन लुम्बिनीलाई राष्ट्रिय स्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले बताए । विक्रम संवत् २०७३ सालबाट शुरू भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको उनको भनाइ छ ।

    १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक-फरक संस्थाको नेतृत्व गरेको र  सेती नदीको २५ मेगाघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि पोखरामा बिजुली उत्पादनसमेत भइरहेको छ ।​

    भिजनले अहिले उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गरेको संस्थाले जनाएको छ ।​ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology