Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दोस्रो क्यानन सेभेन ए साइड फुटबल : इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरणमा

दोस्रो क्यानन सेभेन ए साइड फुटबल : इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरणमा

  • 2.5K
    SHARES

  • दोस्रो क्यानन सेभेन ए साइड फुटबल : इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरणमा

    बुटवल, मंसिर १६ ।

    बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म १८ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । 

    मंगलबारबो पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राईबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ । यस्तै दोस्रो खेलमा सिद्धेश्वरी लालकुमारी माविलाई  १–० ले हराउँदै त्रिभुवन चिल्ड्रेन्स एकेडेमि अगाडि बढेको छ । मंगलबार नै भएको तेस्रो खेलमा होराईजन इंगलिश बोर्डिङ स्कूलले ३–१ ले कान्ति माविलाई हराउँदै विजयी भएको छ । 

    यस्तै चौथो खेलमा होराईजन जिबिएसले सैनामैना माविलाई ट्राईबेकरमा हराउँदै अगाडि बढेको छ । सिद्धेश्वरी खेल मैदानमा भएको पाँचौ खेलमा दुर्गा सेकेन्डरी स्कूललाई २–० गोल अन्तरले हराउँदै एभेरेष्ट उच्च मावि बुटवल विजयी भएको छ। यसैगरी मंगलबार भएको अन्तिम तथा छैटौं खेलमा सेन्ट जोसेफले मणिमुकुन्द स्कूललाई २–० गोलले हराउँदै अगाडि बढेको प्रतियोगिता संयोजक पवन बस्यालले जानकारी दिए । मंगलबारको खेलमा मिलन माबो, कृष्ण ओली, सोहन थापा, आजु सारु, दिपेन्द्रराज बुढा र हिमाल परियार म्यान आफदी म्याचका रुपमा पुरस्कृत भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए । 

    म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । बुधबारदेखि पहिलो चरणको खेल सकिएर क्वाटर फाईनलका लागि दोस्रो चरणको खेल हुने उनले बताए । प्रतियोगिताको फाईनल आगामि १९ गते हुनेछ । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँबाट पुरस्कार गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
     
    गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology