काठमाडौं,मंसिर १५ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने भएको । डेढ महिनासम्म चलेको बैठकलाई समापन गर्दै सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
महाधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा हुने छ ।
यसको लागि मंसिर २० गते भित्र क्रियाशील सदस्यताको फाराम पठाएर पुस ५ गतेभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ । तालिका अनुसार गाउँ/नगर/वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशनः २०८२ पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) २०८२ पुस २१ गते उल्लेख छ ।
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः २०८२ पुस २२ गते गर्ने, प्रदेश अधिवेशन २०८२ पुस २४, २५ र २६ गतेसम्म गर्ने र केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय कांग्रेसले गरेको हो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)