Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यानन दोस्रो सेभेन एसाईड फुटबल : पहिलो दिन ६ वटा खेल सम्पन्न

क्यानन दोस्रो सेभेन एसाईड फुटबल : पहिलो दिन ६ वटा खेल सम्पन्न

  • 2.9K
    SHARES

  • क्यानन दोस्रो सेभेन एसाईड फुटबल : पहिलो दिन ६ वटा खेल सम्पन्न

    बुटवल, मंसिर १४ । 

    बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ ।

    प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे ।  उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए । 
    यस्तै उद्घाटनका अवसरमा क्यानन माविका अध्यक्ष थानेश्वर पौडेलले खेलको विकास र विद्यार्थीहरुलाई सामाजिक, आर्थिक, शैक्षिक रुपमा भविष्य बनाउने प्ररेणाका लागि प्रतियोगिता गरेको बताए ।

    यसैगरी विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरुले सेभेन ए साईड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा स्थापित गर्ने जमर्को स्वरुप जिल्ला स्तरीय प्रतियोगिता गरेको बताए । उनले हरेक विद्यालयले एउटा विधाको खेललाई प्रोत्साहन गर्नसक्ने बताए ।Sevan Star Game  (1).jpeg

    सोमबार भएको उद्घाटन खेलमा ६ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सेभेन स्टार विद्यालयलाई कान्ति माविले १–० ले पराजित ग¥यो । कान्ति माविका रञ्जित कुँवरले गरेको १ गोल नै निर्णायक भयो । 
    यस्तै दोस्रो खेलमा गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूले नविन औद्योगिक मावि बुटवललाई पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपनि खेल ट्राइबेकरमा ३–२ ले स्कलर्स होमले जित निकालेको हो । ट्राइबेकरमा स्लकर्सका गोलकिपर नविन मस्राङ्गीले उत्कृष्ट बचाउ गर्दै खेलमा जित निकाले । 
    प्रतियोगिता अन्तर्गत आईतबार भएको तेस्रो खेलमा समिट बोर्डिङ स्कूललाई ट्राईबेकरमा अक्सफोर्ड माविको ‘ए’ ले ३ गोल गरी विजयी भएको छ । यसैगरी चाथौ खेलमा न्यू नमूना स्कूल प्रतियोगितामा नआएपछि ग्लोरी बोर्डिङ स्कूल वाकओभर पाएर अगाडि बढेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । पाँचौ खेलमा नविक औद्योगिक कदर बहादुर रीता माविले तिलोत्तमा माविलाई १–० ले पराजित गराएको छ । नविन बिका नविन परियारले एक गोल गरेका थिए ।  यसैगरी दीप बोर्डिङ स्कूल र एभरेष्ट बोर्डिङ स्कूलका विचमा भएको अन्तिम तथा छैटौं खेलमा ट्राईबेकर मार्फत एभरेष्ट बोर्डिङ स्कूल विजयी भएको छ । 
    १९ गतेसम्म चल्ने प्रतियोगितामा २९ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार पनि ६ वटा खेल हुने खेल संयोजक पवन बस्यालले बताए । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक र गोल स्कोरलाई  ३÷३ हजार तथा हरेक खेलको म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको छ । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology