बुटवल,मंसिर १३ ।
सजिलो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फूलबारीमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका वडा न ९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनु पर्ने बताउनु भयो । साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड दिनु पर्ने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष रामराज पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताउनु भयो । अहिले केहि सहकारी संकटमा परे पनि आफुहरुको निरन्तर प्रयासले सजिलो सहकारी जोखिमरहित र मुनाफामा चलेको बताउनुभयो ।
स्थानीय स्तरमा स्थानीय नागरिकबाट सञ्चालन भएका सहकारीमा गरेको लगानी खेर नजाने उहाँले बताउनु भयो । बुटवलमा मात्रै कार्यक्षेत्र रहेकोमा अगामी दिनमा क्षेत्र बिस्तार गर्ने संस्थाको योजना रहेको अध्यक्ष पोखरेलले बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष पोख्रेल,कोषाध्यक्ष बिष्णुप्रसाद पन्त र लेखा सुपरिवेक्षण समिति संयोजक बिनश श्रेष्ठको प्रतिवेदन पास गरिएको छ ।
कार्यक्रममा उपाध्यक्ष भिमलाल गौतम,सचिव गुणानिधि खनाल,उच्च अदालत बार बुटवलका अध्यक्ष गोबिन्द मरासिनी लगायतले भनाइ राख्नु भएको थियो ।
७६६जना शेयर सदस्य रहेको छ । हाल सहकारीको कुल पुँजी ११करोड ६९लाख ८८हजार ८०५ रहेको छ । जसमा कर्जा लगानी ८ करोड ७२ लाख ३६ हजार ५१७ रहेको छ ।
शेयर पुँजी तर्फ १ करोड १८ लाख ८० हजार रहेको छ । साधारण सभामा १२ कक्षामा उत्कृष्ट अंक ल्याएका बिद्यार्थी र उच्च शिक्षा अध्ययन गरि उतिर्ण भएका शेयर सदस्यहरूलाइ सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)