Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘नयाँगाउं खानेपानी संस्था विधिसम्मत रुपमा अघि बढेको छ’ : अध्यक्ष जीसी

‘नयाँगाउं खानेपानी संस्था विधिसम्मत रुपमा अघि बढेको छ’ : अध्यक्ष जीसी

  • 1.3K
    SHARES

  • ‘नयाँगाउं खानेपानी संस्था विधिसम्मत रुपमा अघि बढेको छ’ : अध्यक्ष जीसी

    बुटवल, मंसिर १२ ।

    बुटवल–१२ नयाँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले  साधारणसभा कानुन बमोजिम काम गरेको बताएको छ ।

    केही परिषद् सदस्यहरुले बाहिर भने जस्तो संस्थामा कुनै पनि आर्थिक अनियमितता नभएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    साधारणसभा गैरकानुनी र अनियमितता भएको भन्ने विषयमा कुनै पनि सत्यता नभएको खानेपानी संस्थाकी अध्यक्ष मिना घर्तीले दाबी गरिन् । IMG_0764.jpeg
    ३ वर्षसम्म हुन नसकेको साधरणसभा आफु निर्वाचित भएको ४ महिना भित्रमा नै गर्न सफल भएको बताइन् । ‘नयाँ खानेपानीको ३ वर्षदेखि साधारणसभा नै भएको थिएन्, मेरो नेतृत्वको कार्यसमितिले ४ महिनामा नै साधारणसभा गरेको छ, यसमा त हामीलाई धन्यवाद पो दिनु पर्ने हो नि,’ अध्यक्ष घर्तीले भनिन । 
    यस्तै आफ्नो नेतृत्वको कार्यसमितिले पानीको शुल्क समेत घटाएको अध्यक्ष जिसिले बताइन् । पहिला १२ हजार लिटर पानीको शुल्क १०० रहेकामा आफुहरुले यसलाई घटाएर ८० रुपियाँ कायम गरेको बताइन् ।

    साथै अध्यक्ष जिसिले बाहिर कुरा गर्न भन्दा पनि संस्थाको आधिकारिक बैठक तथा साधारणसभामा आएर आफ्ना भनाई राख्न परिषद् सदस्यहरुलाई आग्रह गरिन् । 
    खानेपानी संस्थाका कानुनी सल्लाहाकार लेखनाथ ढकालले २६ जना परिषद् सदस्यहरुले भने जस्तो उपभोक्ता सहितको साधारणसभा गर्न आधा भन्दा बढी उपभोक्ता आउनु पर्ने बताउँदै बहुमत बिनाको साधारण सभालाई कानुनले नचिन्ने बताए । कानुनमा नै स्पस्ट रुपमा ५०० भन्दा बढी उपभोक्ता भएको संस्थाको साधारणसभा परिषद् सदस्यद्वारा गर्ने व्यवस्था रहेको बताए । IMG_0770.jpeg
    खानेपानी संस्था अन्तर्गत बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भुसालले निर्माणको काममा कुनै पनि आर्थिक अनियमितता भएको भने कुरामा सत्यता नरहेको बताए ।

    बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले काम गर्दा विभिन्न उजुरी पर्नु सामान्य नै भएकाले खानेपानी उपभोक्ता समितिलाई कानुन बमोजिमको काम गर्न डराउन नहुने बताए ।  खोनपानी संस्थाको १७ औँ साधारणसभा कात्तिक २६ गते भएको सचिव रामप्रसाद भुसालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology