Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुरक्षाको प्रत्याभूति दिलाउने आईजीपी कार्कीको प्रतिबद्धता

सुरक्षाको प्रत्याभूति दिलाउने आईजीपी कार्कीको प्रतिबद्धता

  • 489
    SHARES

  • सुरक्षाको प्रत्याभूति दिलाउने आईजीपी कार्कीको प्रतिबद्धता

    बुटवल,मंसिर १० ।

    लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आउनुभएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच मंगलबार बुटवलको योगीकुटीमा भेटघाट तथा छलफल भएको छ।

    छलफलका क्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्यौलमा परेको जानकारी गराउनु भयो । उहाँले यस्ता गतिविधिमा संलग्नलाई चाँडो पहिचान गरी कानुनी कारवाही गर्न र भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

    अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता संकटमा पर्न सक्छ ।’

    छलफलमा आईजीपी कार्कीले उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारत र चीन जस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै उहाँले नेपालमा पनि निजी क्षेत्र र सरकारबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

    आईजीपी कार्कीले नेपाल प्रहरी सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै भन्नुभयो–“चन्दा उठाउने, चोरी–डकैती गर्ने र उच्छृङ्खल गतिविधि देखाउनेलाई कानुनी दायरामा ल्याइन्छ। उद्योगी–व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ।”

    छलफलमा संघका पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, यस क्षेत्रका प्रहरी अधिकारीहरुको उपस्थिती रहेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

    उहाँका अनुसार आईजीपी कार्की यसै क्षेत्रका भएकाले पनि यस क्षेत्रका उद्योगी व्यवसायी सहित आम नागरिकले अरु भन्दा बढी आशा, अपेक्षा र विश्वास पनि गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology