Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतीय सुप्रसिद्ध गीताप्रेसको `पुस्तक विक्रि केन्द्र´ बुटवलमा

भारतीय सुप्रसिद्ध गीताप्रेसको `पुस्तक विक्रि केन्द्र´ बुटवलमा

  • 4.0K
    SHARES

  • भारतीय सुप्रसिद्ध गीताप्रेसको `पुस्तक विक्रि केन्द्र´ बुटवलमा

    बुटवल,मंसिर ८ ।

    पुर्वीयदर्शनका धार्मिक पुस्तकहरुको प्रकाशक गीताप्रेसका सम्पुर्ण पुस्तकहरुको विक्रि वितरण अब बुटवलबाट हुने भएको छ ।  भारतको गोरखपुरमा रहेको गीताप्रेसद्वारा प्रकाशित सबै प्रकारका पुस्तकहरुको विक्रि वितरण अव बुटवल विक्रि केन्द्रबाटै हुने भएको हो ।

     बुटवलको जेसिज चोकमा संचालन हुन थालेको गीताप्रेस पुस्तक विक्रि केन्द्रबाट पुर्वीयदर्शनका १८ पुराण, उपनिपदेशदेखि सबै प्रकारका पुस्तकहरु विक्रि वितरण गरिने बताइएको छ । मंसिर १० गते बुधबार गीताप्रेस पुस्तक विक्रि केन्द्रको शुभारम्भ गरिने र दुई रुपैयादेखि तीन हजार भारतीय मुल्य बरावरको गीताप्रेसद्वारा प्रकाशित पुस्तक विक्रि वितरण गरिने केन्द्रका संचालक तथा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष शंकर खरालले जानकारी दिनुभयो ।

    पुर्वीय दर्शनका पुस्तकहरु खरिद गर्नकालागि भारत या काठमाण्डौ धाउनु पर्ने अवस्थाको अन्त्य गर्नकालगि बुटवलका गीताप्रेसको दोस्रो शाखा संचालनमा ल्याउन लागेको उहाँले बताउनुभयो । गीताप्रेसबाट प्रकाशित तीन हजार प्रकारका पुस्तकमध्ये एक हजार पाँच यसप्रकारका पुस्तक बुटवल केन्द्रमा पाईने संचालक खरालको दावी रहेको छ । गीताप्रेसबाट प्रकाशित संस्कृत, नेपाली, अंग्रेजी र हिन्दी भाषाका पुस्तक ग्राहकको माग अनुसार विक्रि केन्द्र संचालनमा ल्याइएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष तथा धार्मिक अभियन्ता जनार्दन न्यौपानेले मुलुकको पश्चिम क्षेत्रका ग्राहककालागि बुटवल केन्द्र सहयोगि सावित हुने बताउनुभयो । उहाँले पुर्वीयदर्शन प्रेमीहरुकालागि केन्द्रले सहयोग गर्ने बताँउदै नारायणी पश्चिममा बसोबास गर्नेहरुलाई पुस्तक खरिदमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा हरेकृष्ण पुजा सामग्रीका संचालक कृष्णप्रसाद खराल, गीताप्रेस पुस्तक विक्रि केन्द्रका संचालक सतिस खराल, धार्मिक अभियन्ता सुन्दर भण्डारीलगायतले बुटवलमा संचालन हुन थालेको विक्रि केन्द्र पुर्वीयदर्शनका पुस्तक रुचाउने र पढ्ने पाठककालागि सजिलो माध्यम बन्ने विश्वास ब्यक्त गर्नुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology