बुटवल,मंसिर ७ ।
आवर पीस ल्याण्ड एकेडेमी बुटवल ७ द्वारा संचालित अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयमा प्राथमिक तहमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरूलाइ नाम लेख्न,अक्षर चिनाउन,परिचय दिन,होमवर्क जांच गर्न ,हस्ताक्षर गर्न लगायतका शिक्षा प्रदान गरिएको शिक्षिका मन्जु विश्वकर्माले बताउनुभयो । मंसिर १ देखि ७ सम्म तालिम संचालन गरि शैक्षिक चेतनाको जागरण शुरू गरिएको विद्यालयका अध्यक्ष कुलानन्द पाण्डेले बताउनुभयो । 
सो अवसरमा तालिममा सहभागि अभिभावक रविना तामाङ,लगायतले बोल्दै सिकाइ कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
अभिभावकलाइ समेत शिक्षित बनाउदै शैक्षिक गुणस्तर बढाउन र आत्मविश्वास बढाउन समेत यस कार्यक्रमले योगदान पुर्याएको बिद्यालयका प्राचार्य गंगा कुमारी भण्डारीले बताउनुभयो ।
कार्यक्रममा गणेश टोल विकास संस्थाका कार्यबाहक अध्यक्ष लिलाराम पाण्डे,शैक्षिक संयोजक रोमन्च पुन लगायतले बोल्नुभएको थियो ।
सिकाइ कार्यक्रममा १७ जना महिला अभिभावकहरूको सहभागिता रहेको थियो । विद्यालयमा ५ सय बिद्यार्थी अध्ययनरत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)