Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थनगरमा चौथो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ सुरु

सिद्धार्थनगरमा चौथो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ सुरु

  • 441
    SHARES

  • सिद्धार्थनगरमा चौथो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ सुरु

    भैरहवा,मंसिर ७ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चौथो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको आइतबार नगरप्रमुखइश्तियाकअहमदखाँले उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै नगरप्रमुखखाँले वडा नम्बर ४ ले महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै वडा टीमलाई धन्यवाददिनुभयो । उहाँले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनकालागिशुभकामनादिनुभयो । 
    त्यस्तै नगर प्रवक्तातथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथयादव (भोला) ले वडास्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यलेप्रतियोगिताप्रत्येक वर्ष सञ्चालन गरिएकोबताउनुभयो ।

    प्रतियोगिताका संयोजकतथा वडा सदस्य हरि बहादुर के.सी.ले वडा तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।सहायक कम्प्युटर अपरेटर टेक बहादुर चौधरीको सञ्चालनमाकार्यक्रम सम्पन्नभएको थियो । 
    प्रतियोगितामाप्रथमहुने टीमलाई ४१ हजार, दोस्रोलाई ३१ हजार, म्यानअफ द सिरिजलाई ११ हजार, प्रत्येक खेलको म्यानअफ द म्याचलाई १ हजार १ सय र बेस्ट बलरलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । आयोजककाअनुसार प्रत्येक खेल १० ओभरको रहेको र नकआउट फर्मेटमा खेलाइएको छ । सोमबारसम्म सञ्चालनहुने प्रतियोगितामा ११ वटा टीमको सहभागीता छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology