Logo मंगलवार, श्रावण १२ गते २०८३
images

साहित्यकार कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको लोकार्पण एवं परिचर्चा

साहित्यकार कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको लोकार्पण एवं परिचर्चा

  • 1.3K
    SHARES

  • साहित्यकार कपिल लामिछानेका पाँच बालकथासङ्ग्रहको लोकार्पण एवं  परिचर्चा

    बुटवल, मङ्सिर ६।

    साहित्यकार कपिल लामिछानेका पांच कृतिको लोकार्पण साथै परिचर्चा गरिएको छ । प्रकाशक भुँडी पुराण प्रकाशनले एकैपटक प्रकाशित पाँच बालकथासङ्ग्रहको एकैपटक लोकार्पण र परिचर्चा भैरहवामा सम्पन्न भएको हो  ।

    ती बालकथासङ्ग्रहहरूमा जाती आमा,आफ्नै ठाउँ, भकुन्डे भूत, दुम्सीलाई तक्मा र बिरालाको लोकतन्त्र हुन् ।
    प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गरेको सो कार्यक्रम कृष्णप्रसाद बस्यालको सञ्चालन, डा. नारायणप्रसाद पन्थको अध्यक्षता र लुम्विनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीको प्रमुख आतिथ्यमा भएको हो ।
    उक्त पाँच कृतिको लोकार्पण प्रमुख अतिथि, सभाध्यक्ष, कृतिकार, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज मट्टराई, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष सरु ज्ञवाली, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय सागर, प्रसिद्ध साहित्यकार बनमाली निराकार आदिबाट सामूहिक रूपमा भएको हो ।
    कृतिकार कपिल लामिछानेका अनुसार एकै लेखकका पाँच लघुकथासङ्ग्रहहरूको एउटै मञ्चमा लोकार्पण र परिचर्चा भएको यो पहिलो परिघटना हो ।
    लोकार्पित कृतिको समीक्षा तथा परिचर्चा डा. शालिकराम पौड्याल, डा. प्रेम तिवारी र डा. त्रिभुवन बरईले गर्नुभयो । समीक्षकहरूले उक्त लघुकथासङ्ग्रहहरूको समीक्षा र परिचर्चा गर्दै पर्यावरणीय सचेतना, सामाजिक–सांस्कृतिक रूपान्तरण तथा स्वस्थ लोकतान्त्रिक राजनीतिक चेतना दिन यी कृति सक्षम रहेको निष्कर्ष प्रस्तुत गर्नुभयो ।
    स्वस्थ मनोरञ्जन, सकारात्मक सन्देश, व्यावहारिक ज्ञान, पर्याप्रेम र देशभक्तिका निमित्त यी सङ्ग्र्रह स्कुले बालबालिका र तिनका अभिभावक समेतले पढ्नैपर्ने पुस्तक रहेको स्पष्ट पार्नुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गितु गिरी, साहित्यकार वनमाली निराकार, बालस्रष्टा सुश्रुतराज न्यौपाने, साहित्यकार रमेश समर्थन, रुद्र ज्ञवाली, सरु ज्ञवाली, भरत पोखरेल, बूँद राना, सखिशरण सुवेदी आदिले मन्तव्य राख्ने क्रममा यी बालकथाको उपादेयता बारे प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रममा उक्त महानुभावका अतिरिक्त तिलक लामिछाने, तेजप्रसाद पन्थ, दीपक प्रधान, नारायणप्रसाद भण्डारी, पुनहरि बेल्बासे, प्रकाशलाल श्रेष्ठ, राजेशकुमार चौधरी, रामबहादुर श्रेष्ठ, लता प्रधान, विष्णुप्रसाद गजुरेल, डा. शङ्करप्रसाद नेपाल, सीता ढुङ्गाना काफ्ले, सिर्जना खनाल, सुरज घिमिरे दीपशिखा, डा. अजित खनाल, ईश्वरी पोखरेल, राजु भुसाल, दयानिधि गौतम, सुमन्तराज न्यौपाने, लीलमणि पाण्डेय, युवराज शर्मा खनाल, हरि थापा गरी ४१ जनाको आदिको गरिमामय र गुणात्मक उपस्थिति रहेको थियो ।
    सभाध्यक्षको आसनबाट डा. नारायणप्रसाद पन्थले यी पुस्तक विद्यालयका छात्रछात्रा तथा अभिभावकका लागि अतिरिक्त बौद्धिक खुराक भएको बताउनुभयो । कृतिकार लामिछानेले यी बालकथा आफूले देश, समाज र बालबालिकालाई ध्यानमा राखेर सिर्जना गरेको र यी आफ्नो दीर्घ साधनाका उपज भएको प्रष्ट पार्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर ६ २०८२०६:१३:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology