Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँ १० दलले पाए निर्वाचन आयोगबाट प्रमाणपत्र

नयाँ १० दलले पाए निर्वाचन आयोगबाट प्रमाणपत्र

  • 501
    SHARES

  • नयाँ १० दलले  पाए निर्वाचन आयोगबाट प्रमाणपत्र

    काठमाडौँ,मंसिर ४।

    आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निवेदन दिएकामध्ये नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्रका लागि आह्वान गरेको थियो । 

    ३७ दलले निवेदन दिएकोमा १० दलले प्रमाणपत्र पाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार ३० दल प्रमाणपत्रका लागि प्रक्रियामा रहेका छन् । उनीहरूले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे निर्वाचनमा भाग लिन सक्ने स्पष्ट पारे ।

    ‘हामीले दल दर्ता प्रमाणपत्र प्रयोजनका लागि कात्तिक ३० गतेसम्म निवेदन दिन आह्वान दिएका थियौँ । त्यस अवधिमा आयोगमा दर्ता भएका पुराना सात दल खारेज भएपनि नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । बाँकी दलले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे आगामी निर्वाचन प्रयोजनका लागि भाग लिन सक्छन्’, उनले भने ।

    निर्वाचन प्रयोजनका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता समय तोकेको छ । यसअघि आयोगमा १२२ दल दर्ता भएको थियो ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology