Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीपीको १०७ औं जन्मजयन्तीमा काँग्रेस रुपन्देहीले आज भिडियो अन्तरसंवाद गर्दै,शीर्ष नेताहरूकाे सहभागिता रहने

वीपीको १०७ औं जन्मजयन्तीमा काँग्रेस रुपन्देहीले आज भिडियो अन्तरसंवाद गर्दै,शीर्ष नेताहरूकाे सहभागिता रहने

  • 2.8K
    SHARES

  • वीपीको १०७ औं जन्मजयन्तीमा  काँग्रेस रुपन्देहीले आज भिडियो अन्तरसंवाद गर्दै,शीर्ष नेताहरूकाे सहभागिता रहने

    बुटवल,भदौ २४- 

    नेपाली कांग्रेसका संंस्थापक नेता स्वर्गीय वीपि कोइरालाको १०७ औं जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेस रुपन्देहीले भिडियो अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ ।

    जननायक वी.पि. कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अवस्था विषयमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रम बुधबार बिहान ११ बजेदेखि सञ्चालन हुने नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी गराउनुभयो ।

    जुम प्रविधिको माध्यमबाट आयोजना गरिने भिडियो अन्तरसंवाद कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोईराला,पुर्व महामन्त्री कृष्णप्रसाद सिटाैला,नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योगपति तथा प्रतिनीधि सभा सदस्य बिनोद चौधरी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नेपाली काँग्रेस रुपन्देहीले तय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

    पार्टीका संस्थापक नेता कोईरालाले नेपालको राजनीतिक परिवर्तनमा दिएको योगदान, उहाँ लिएको नीति तथा सिद्धान्त तथा अहिलेको राजनीतिक तथा पार्टीको अवस्थाको बारेमा छलफल हुने उहाँले जानकारी गराउनुभयो ।

    त्यस्तैगरी दुई तिहाईको कम्युनिष्ट सरकारले गरेका कामका बारेमा समेत समिक्षा गरिने छ भने विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिनकालागि गरिएको लकडान बाहेक ६ महिना बितिसक्दा पनि सरकारको तर्फबाट अन्य कुनैप्रकारको तयारी नगरेको तर्फ सरकारको ध्यानाकर्षण गराईने सभापति रज्जाकले बताउनुभयो ।

    कार्यक्रमकाे सहजकर्तामा सभापति रज्जाक,सचिब खाण,र नेबि संघ केन्द्रीय उपाध्यक्षमुक्तिराज पौडेल रहनुभएकाे छ ।

     

    congress zoom.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology