Logo बिहिवार, आश्विन १ गते २०८३
images

फागुन २१ गते चुनाव हुन्न,एमालेले यसमा समय खर्च गर्दैन: महासचिव पोखरेल

फागुन २१ गते चुनाव हुन्न,एमालेले यसमा समय खर्च गर्दैन: महासचिव पोखरेल

  • 1.3K
    SHARES

  • फागुन २१ गते चुनाव हुन्न,एमालेले यसमा समय खर्च गर्दैन: महासचिव पोखरेल

    बुटवल,मंसिर १ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते चुनाव नहुने दाबी गरेका छन् । उनले मनहुने निर्वाचनको पार्टीले पैरवी नगर्ने बताए । सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ नभएको बताउँदै उनले आगामी फागुन २१ गते चुनाव नहुने दाबी गरेका हुन  । 

    प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा महासचिव पोखरेलले एमाले चुनावबाट नभाग्ने बताए । तर अहिलेको चुनौतीपूर्ण क्षणको निकास प्रतिनिधिसभा पुनःस्थापना भएको उनले स्पष्ट पारे । ‘केही राजनीतिक दलले जेनजी रिसाउलान् भनेर चुनाव भनेका छन्,’ पोखरेलले भने, ‘एमालेको स्पष्ट अडान छ । यो सरकार चुनावका लागि होइन, निर्वाचन गराउँदा पनि गराउँदैन । २०५९ जस्तो वैधता नपाउने चुनावको अर्थ छैन ।’

    चुनावको लागि महत्त्वपूर्ण शक्ति प्रहरीको हतियार खोसिएको र त्यसले प्रहरीको मनोबल कमजोर बनेको उनले बताए । ‘कैदीबन्दी र प्रहरीका लुटिएका हतियारले समाज त्रसित छ । जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ । प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कँदासम्म चुनाव हुने सम्भावना देखिँदैन ।’–उनले भने ।

    राजनीतिक दलसँग संवाद र छलफल गर्न नखोज्नुले सरकारले चुनाव गराउन चाहँदैन भन्ने स्पष्ट रहेको पोखरेलको भनाइ थियो । देशलाई संवैधानिक बाटोमा हिँडाउनका लागि प्रतिनिधिसभा पुनःस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, मंसिर १ २०८२०६:१६:०५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology