Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल हस्पिटलको रक्तदानमा १ सय एक युनिट संकलन

बुटवल हस्पिटलको रक्तदानमा १ सय एक युनिट संकलन

  • 951
    SHARES

  • बुटवल हस्पिटलको रक्तदानमा १ सय एक युनिट संकलन

    बुटवल,कार्तिक ३० ।

    बुटवल हस्पिटल प्रालिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो।

    वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

    एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उहाँको भनाइ थियो।

    कार्यक्रममा बुटवल हस्पिटल प्रालिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद खनाल, वरिष्ठ फिजिसियन डा नन्दु प्रसाद पाठक, रक्तसञ्चार केन्द्रकी संयोजक राधा शर्मा, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानलगायतले रगतको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, बिरामीका आफन्त तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदानमा सहभागिता जनाएका थिए।

    दक्ष जनशक्ति, अत्याधुनिक प्रविधियुक्त उपकरण तथा सुविधा सम्पन्न भौतिक संरचनाको संयोजनका कारण बिरामीहरूको उपचार सेवा प्रभावकारी र सहज बनेको छ। २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रालिमा हाल करिब ३ सय कर्मचारी कार्यरत छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology