Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक मेलामा दर्शकको भीड बढ्दै

बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक मेलामा दर्शकको भीड बढ्दै

  • 1.6K
    SHARES

  • बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक मेलामा दर्शकको भीड बढ्दै

    बुटवल,कार्तिक ३० ।

    बुटवलमा जारी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको चाप दिनप्रतिदिन बढ्दै गएको छ । रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आयोजनामा भएको यस मेलामा राखिएको जल परी दर्शकहरूको लागि मुख्य आकर्षण बनेको छ।

    बुटवल ११ देविनगर स्थित रङ्गशाला नजिकैको खुला चौरमा सञ्चालन भएको मेलामा पछिल्ला दिनमा दर्शकहरूको सहभागिता ह्वात्तै बढ्दै बढेको आयोजकले बताएका छन्।  मेलामा सबैभन्दा बढी आकर्षण फिस टनेलमा राखिएका जल परी भएका छन् भने दुबई सिटीको थिम पार्क, तथा भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी मन्दिर पनि मुख्य आकर्षणमै रहेका छन् ।

    मेलामा जलपरीको भेषमा सिसाको ठुलो बक्समा पानी सहित राखिएका सुन्दर युवतीहरूले माछाकै शैलीमा पौडी खेलेर फिस टनेलमा जाने दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको आयोजक संस्था रोट्र्याक्ट  क्लब अफ बुटवल साउथका सचिव शङ्कर काफ्लेले बताए।

    बुटवलमा फिस टनेल यसअघिका मेला महोत्सवहरूमा राखिएको भए पनि सिसाको पोखरीभित्र युवतीहरूले जल परीको रूपमा आफ्‌नो कला प्रदर्शन गरेको भने पहिलो पटक हो। काफ्लेका अनुसार जल परीको रूपमा राखिएका युवतीहरू फिलिपिन्सबाट ल्याइएका हुन्।

    santarani.jpg

    मङ्सिर २ गतेसम्म चल्ने उक्त मेलामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग तथा असक्त व्यक्तिहरूलाई प्रवेश निःशुल्क गरिएको मेला आयोजक मूल समितिका संयोजक तथा ट्र्याक्टर क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले बताए ।

    कलाकारहरूको प्रस्तुति हेर्न उर्लियो भिडः

    जारी मेलामा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिइरहेका छन्। शनिवार चर्चित गायिका रचना रिमालले विशेष, साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन् । उनीसँगै शनिवार नै गायिका शान्ति रानी परियार तथा गायक विशाल सोनीको प्रस्तुति रहेको थियो ।

    अन्य दिनको तुलनामा शनिवार दर्शकहरूको चाप अत्यधिक देखिएको थियो । कलाकार हरूलाई सुन्न अबेर राती १० बजे सम्मै मेला प्रांगणमा दर्शकहरू भरिभराउ थिए । आज आइतबार चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको आयोजकले बताएका छन् ।

    जारी मेलामा दुबइ सिटी थिम पार्क, फिस टनेल, जलपरी, वैष्णव देबी मन्दिर, बाल उद्यान,  संगै कृषि, होटल हस्तकला, होजीयारी, खाद्यान लगायत दैनिक उपभोग्य वस्तुहरूका स्टल रहका छन् ।

    यसअघि गत भदौ २५ गतेदेखि असोज १२ गतेसम्म आयोजना गर्ने भनिएको मेला भदौ २३ र २४ गतेको जेनजीहरूको आन्दोलन, आन्दोलनपछिको कर्फ्यु तथा निषेधाज्ञा एवं दसैँ तिहार लगायतका चाडपर्वहरूका कारण डेढ महिनाभन्दा पछि मात्र सञ्चालन गरिएको हो। मेला यही मंसिर २ गतेसम्म चल्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology