Logo बिहिवार, आश्विन १ गते २०८३
images

गैरे प्रतिष्ठान बुटवलद्वारा ३५० सिसीको नयाँ मेटिएर बाइक लञ्चिङ,पहिलो दिनमै ११ वटा बुकिङ

गैरे प्रतिष्ठान बुटवलद्वारा ३५० सिसीको नयाँ मेटिएर बाइक लञ्चिङ,पहिलो दिनमै ११ वटा बुकिङ

  • 1.7K
    SHARES

  • गैरे प्रतिष्ठान  बुटवलद्वारा ३५० सिसीको नयाँ मेटिएर बाइक लञ्चिङ,पहिलो दिनमै ११ वटा बुकिङ

    बुटवल,कार्तिक ३० ।

    रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि बुटवलले ३५० सिसीको नयाँ मेटिएर बाइकको लञ्चिङ गरेको छ ।

    रोयल इन्फिल्डको यो नयाँ मोटरसाइकल नेपालका सबै आधिकारिक बिक्रेताहरूले एकैसाथ शुक्रबार बिक्री शुभारम्भ गरेका छन् ।
    बुटवलमा भएको लञ्चिङ कार्यक्रममा उक्त मोटरसाइकल  गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र गेरे प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले संयुक्त रूपमा  बुटवलमा बिक्री शुभारम्भ गरेका हुन् ।r.jpg

    ५ वटा विभिन्न कलरमा उपलब्ध मेटिएर मोटरसाइकल नयाँ लुक्स र स्टाइलिस आवरणा सहित आएको गैरे प्रतिष्ठानले जनाएको छ । यात्रा गर्दा आरामदायी हुने उक्त बाइकलाई क्रुजिङ बाइक पनि भनिने प्रतिष्ठानले जनाएको छ । गैरे प्रतिष्ठानका  प्रबन्ध निर्देशक प्रवेशराज गैरेले  मोटरसाइकल ईजी क्रुज,  बाइक फायरवल, स्टेलर, आरोरा र सुपरनोभा गरि चार भेरियन्टमा  उपलब्ध रहेको बताए ।  

    उनले  मोटरसाइकल  पाँच लाख ७७ हजारबाट सुरु भई पाँच लाख ९७ हजारसम्म मूल्य रहेको जानकारी समेत दिए । उनले मोटरसाइकलमा एलएडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरू उपलब्ध रहेको बताउँदै दशकौँदेखि रोयल इन्फिल्ड शुद्ध र अविकल सवारीसाधन  भएको पनि बताए ।

    नयाँ मेटिएर ३५० सीसी बाइक यूवा  पुस्ताका लागि निकै नै लोकप्रिय रहेको तथा यस मोटरसाइकल विशेषज्ञहरूले ‘थार ब्रैड ईजी क्रुजर’को रूपमा पनि मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले बताए ।  

    विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गर्नुका साथै सुरुवाती वर्षमै प्रतिष्ठित इन्डियन मोटरसाइकल अफ द ईयर २०२१  बाट समेत पुरस्कृत भएको रोयल इन्फिल्ड बाइकमा  ७ वर्षसम्मको वारेन्टीको सुविधा रहेकाले पनि बजारमा यसको माग बढ्दो रहेको र युवाहरूको पहिलो रोजाइ बनेको प्रतिष्ठानका अध्यक्ष गैरेको भनाइ रहेको छछ ।

    सन् १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन सुरु भएको रोयल इन्फिल्ड इन्डियाको मन्द्रास र हालको चेन्नइमा १९५५ मा पहिलो पटक उत्पादन भएको थियो  ।

    पछिल्लो समय भारतका ७ आधुनिक  प्लान्टबाट एसेम्बेलिङ हुँदै आएको छ ।गैरे प्रतिष्ठानले  शुक्रबारनै नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल इन्फिल्डको शाखाबाट पनि नयाँ ३५० सिसीको मेटिएर बाइकको बिक्री शुभारम्भ गरेको  जनाएको छ।

    पहिलो दिन नै ११ वटा बाइक बुकिङ भएको  र बुटवलमा आएका  छ वटा नयाँ  भेरिअन्ट अन्तर्गतका बाइकहरू सबै  लञ्चिङकै दिन शुक्रबार नै बिक्री भएको  गैह्रे प्रतिष्ठानले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology