बुटवल,कार्तिक २९ ।
फर्चिनर उद्याेग संघ, रुपन्देहीकाे अध्यक्षमा जीवकान्त काफ्ले निर्वाचित हुनुभएकाे छ । संघकाे शुक्रबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले काफ्लेकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
निर्वाचन अधिकृत लाेकप्रसाद खरेलका अनुसार नवनिर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा नेत्र रावल, उपाध्यक्षमा अशोक कुन्दर, महासचिवमा खिमबहादुर खड्का, कोषाध्यक्षमा काशीराम पोखरेल तथा सचिवमा अनिरुद्र खनाल र सहकोषाध्यक्षमा सोनु गुप्तालाई चयन गरिएकाे छ ।
१८ सदस्यीय कार्यसमितिकाे सदस्यहरुमा प्रकाश पराजुली, हरिप्रसाद भण्डारी, सत्यनारायण बुढाथोकी, प्रेमबहादुर गौतम, देवन्द्र शर्मा, नारायण दत्त शर्मा, भोजराज पाण्डे, विनोद बि.क., रुद्रबहादुर बि.क.लाई चयन गरिएकाे छ । त्यस्तै महिला सदस्यतर्फ पूजा अग्रहरी र मिनादेवी भण्डारीलाई चयन गरिएकाे छ ।
कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फर्निचर उद्योग सहित सुनचाँदी, ग्रिल लगायतका उद्योगमा काम गर्ने विदेशी जनशक्तिका कारण ठूलो परिणामा पुँजी पलायन भईरहेको बताउनु भयो । उहाँले त्यसलाई रोक्न र नेपाली युवालाई स्देशमै रोजगारी दिनेगरी सम्बन्धित विषयमा तालिमको व्यवस्था गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले त्यसका लागि सम्बन्धित व्यवसायिक संस्थालाई संयोजन गर्न आग्रह गर्दै नगरपालिकाले तालिमका प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले फर्निचर उद्योगहरुको लागि छुट्टै फर्निचर ग्राम स्थापनामा आफूपनि सकारात्मक रहेको बताउँदै फर्निचर उद्योगीका माग अनुसार मोतिपुर औद्योगिक क्षेत्रमा मिल्ला नमिल्ला अन्य स्थानमा भएपनि पनि व्यवस्थापन गर्ने कुरामा आफूले सहयोग गर्ने बताउनु भयो । त्यस अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीले फर्निचर उद्योगीहको समस्याहरुका बारेमा अवगत गराउँदै निर्माण हुँदै गरेको मोतिपुर औद्योगिक क्षेत्रमा छुटटै फर्निचर ग्राम निर्माण हुन सके त्यसले नेपाली फर्निचर उद्योगको विकासका लागि सहयोग पुग्ने भनाई राख्नु भएको थियो ।
त्यसैगरी फर्निरच उद्योग महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर उद्योगीहरुका लागि छुट्टै स्थानको व्यवस्थान र नेपाली युवा जनशक्तिलाई काष्ठकला सम्बन्धि तालिमको व्यवस्थापनमा जोड दिनुभयो । उहाँले काष्ठकलासम्बन्धि तालिमका लागि पाठ्यक्रम निर्माण गरेर पठनपाठनको व्यवस्थापन हुनसक्यो भने अभाव भईरहेको दक्ष जनशक्ति पुर्तिमा सहयोग पुग्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष सावित्रा टण्डन, घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष देवानन्द पाण्डे, संघका सल्लाहकारहरु विष्णुकुमार श्रेष्ठ, बोनिन पिया, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, संघका पूर्व अध्यक्ष तथा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीकी शारदा भट्टराई, संघका महासचिव खिमबहादुर खड्का लगायतले व्यवसायिक समस्या तथा समाधानका कुराहरु राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)