Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चिकित्सकमैत्री काउन्सिल बनाउने लगायतका एजेण्डासहित बुटवलका डाक्टरहरुले गरे उम्मेदवारी घाेषणा

चिकित्सकमैत्री काउन्सिल बनाउने लगायतका एजेण्डासहित बुटवलका डाक्टरहरुले गरे उम्मेदवारी घाेषणा

  • 3.3K
    SHARES

  • चिकित्सकमैत्री काउन्सिल बनाउने लगायतका एजेण्डासहित बुटवलका डाक्टरहरुले गरे उम्मेदवारी घाेषणा

    बुटवल, कार्तिक २९ ।

    ‘चिकित्सक संघ’ र ‘नेपाल मेडिकल काउन्सिल दुबै संस्थामा एकै पटक चुनावी रन्को शुरु भएको छ । पुसको पहिलो र दोस्रो हप्ता गरि दुई चरणमा हुने काउन्सिल र माघमा हुने संघको निर्वाचनका आकाक्षी चिकित्सकहरुले उम्मेदवारीसहित प्रचारप्रसार शुरु गरेका छन् ।

    शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल मेडिकल काउन्सिलमा लुम्बिनी प्रदेशबाट डा. सम्राट पराजुली सदस्य पदमा उम्मेदबारी दिने घोषणा गरेका छन । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. कृष्ण खरेलले डा पराजुलीलाई केन्द्रिय सदस्य पदमा प्रस्ताव गरेका हुन । मेडिकल काउन्सिलमा एक उपाध्यक्ष र आठजना सदस्य पद निर्वाचनबाट छनौट हुने व्यवस्था छ । अध्यक्ष र केही सदस्य पद भने सरकारले नियुक्त गर्ने प्रावधान छ ।

    कार्यक्रममा संघका अध्यक्ष खरेलले चिकित्सकहरुको हकहित संरक्षण पैरवी गर्दै पेशाप्रति वफादार बनाउन लुम्बिनी प्रदेशमा सफल रहेको बताए । यस क्षेत्रबाट उर्जासिल र युवा चिकित्सक डा पराजुलीलाई साझा उम्मेदबार बनाएको उनले बताए ।


    काउन्सिलले उपाध्यक्ष पदका उम्मेदवारले कम्तिमा १५ वर्षको अनुभव भएको र आठ सदस्य पदका उम्मेदवारका लागि ५ वर्षको अनुभव भएको चिकित्सक हुनुपर्ने उल्लेख गरेको छ । उम्मेदवार मेडिकल काउन्सिलमा दर्ता चिकित्सक हुनु आवश्यक छ । काउन्सिलले ४ र ५ पुसका दिन काठमाडौं उपत्यका बाहिर मतदान र ११ र १२ पुसका दिन काठमाडौं उपत्यकाभित्र मतदान हुने जनाएको छ ।IMG_9902.jpeg

    कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा। इन्द्र ढकालले यस भेगबाट केन्द्रमा प्रतिनिधित्व गर्ने अठोट गर्नु नै महत्वपूर्ण भएको बताए । यस क्षेत्रबाट निर्वाचित भएर अल्पमतमा परेका चिकित्सकहरुको आवाज अगाडी आउनेमा आफु आशाबादी रहेको बताए । पछिल्लोसमय चिकित्सा शिक्षा अत्यान्त महगो, चिकित्सकको पलायन जस्ता समस्या हटाउन नीतिगत सुधारको खाचो रहेको भन्दै त्यो सुधारमा नया पुस्ताका चिकित्सकको नेतृत्व जरुरी रहेको उनले बताए ।

    काउन्सिलको सदस्य पदका उम्मेदबार डा पराजुलीले आफु विजयी भए ३ मुख्य एजेण्डालाइ पुरा गर्ने बताए । काउन्सिलमा चिकित्सकहरुको दर्तामा सहजता ल्याउने, चिकित्सकमैत्री काउन्सिल बनाउने, चिकित्सकहरुलाई क्षमता विकासका तालिमहरु संचालन गर्ने प्रतिबद्धता जनाए ।

    यता माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा केन्द्रिय उपाध्यक्ष पदमा डा कृष्ण खरेल, उपाध्यक्ष डा सन्तोष पोखरेल उम्मेदवार बन्ने छन् । मेडिकल काउन्सिलमा ३९ हजार सदस्यहरु छन ।

    आम जनस्वास्थ्यमा पटकपटक लापरवाहीका कुरा आउने हुदा त्यस्ता घटनाको काउन्सिलमार्फत निश्पक्ष छानबिन गर्ने, केन्द्रीकृत कार्यालयलाई प्रदेश संरचनामा बिकेन्द्रीकृत गरि सेवा दिने जस्ता रचनात्मक काम गर्ने पराजुलीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology