Logo मंगलवार, श्रावण १२ गते २०८३
images

साइनो बचत तथा ऋण सहकारीको १५ औँ बार्षिक साधारणसभा

साइनो बचत तथा ऋण सहकारीको १५ औँ बार्षिक साधारणसभा

  • 1.3K
    SHARES

  • साइनो बचत तथा ऋण सहकारीको १५ औँ बार्षिक साधारणसभा

    बुटवल,कार्तिक २९।

    साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ देवीनगरको १५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष भोजबहादुर के सीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि निवर्तमान अध्यक्ष रोमबहादुर कुवरले सहकारीको मर्म अनुसार अगाडि बढेको बताउँदै आगामी दिनमा अझै शेयर सदस्य सङ्ख्या वृद्धि र पुजी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सहकारीका उपाध्यक्ष यदुमणी पोखरेल,कोषाध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ,सहसचिव सरस्वती महत, सल्लाहकार सुर्य प्रसाद शर्मा,अर्का सल्लाहकार तथा कार्यक्रम संयोजक अर्जुन कुवंर, लेखा समिति संयोजक खेमराज पोख्रेल,शेयर सदस्यहरुका तर्फबाट अन्जु बस्नेत ,महेन्द्र भण्डारी लगायतले बोल्नुभएको थियो । IMG_9920.jpegकार्यक्रममा अध्यक्ष केसीको प्रतिबेदन,कोषाध्यक्ष श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति संयोजक खेमराज पोख्रेलले पेश गरेको प्रतिबेदन पारित गरिएको छ । साधारणसभाले लेखा सुपरिवेक्षण समिति सदस्यमा रिता थापालाइ मनोनित गरेको छ ।

    कार्यक्रममा जेष्ठ नागरिक मित्रलाल आचार्य,पार्वती ज्ञवालीलाइ सम्मान गरिएको छ । सो सहकारीमा ५९९ शेयर सदस्य छन् भने यसमा ४४ बालबचत रहेका छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology