Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोकबाणी सामाजिक उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

लोकबाणी सामाजिक उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

  • 2.0K
    SHARES

  • लोकबाणी सामाजिक उद्यमी सहकारीको आठौं  बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,कार्तिक २९ ।

    लोकबाणी सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड बुटवल ७ को आठौं  बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न ७ का अध्यक्ष पदम गाहाले सहकारीलाइ उत्पादनमुखी बनाउनुपर्ने बताए ।

    उनले सहकारीले बचत र ऋण लगानीमात्रै नगरेर उत्पादनका लागि सक्रियता देखाउनपर्ने बताए ।महिला मात्रै रहेको सहकारी देशकै नमुना रहेको भन्दै धन्यवाद दिए । सहकारीका अध्यक्ष राधा ज्ञवालीले सहकारीलाइ समयसापेक्ष र शेयर सदस्यको भावना अनुसार संचालन गरिएको बताइन् ।IMG_9958.jpeg

    उनले सहकारीका आगामी बर्षका लागि प्रस्तावित एजेन्डाहरू समेत प्रस्तुत गर्दै सहकारीलाई सामाजिक सेवामा पनि लगाईरहेको बताईन ।

    कार्यक्रममा सिद्धश्वर माबिका प्राचार्य दिनानाथ गिरि,कल्याणकारी सहकारीका सचिब कृष्णप्रसाद ज्ञवाली,सहकारीका उपाध्यक्ष कलावती गिरी,संस्थापक अध्यक्ष सिता कार्की  लगायतले बोल्दै महिलाहरूको सहकारी नमुना बनेको बताएका थिए ।

    कार्यक्रममा अध्यक्ष ज्ञवालीको प्रतिबेदन,सचिव  हेमकान्ति देवी अर्याल ,कोषाध्यक्ष गिता अर्याल र लेखा समिति संयोजक केशरी भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको छ  भने जेष्ठ नागरिक देउकली थापा,एसइइमा उत्कृष्ट अंक ल्याएका १ छात्र र १ छात्रा तथा असल ऋणि ,बचतकर्तालाइ समेत सम्मान गरिएको थियो । IMG_9937.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology