बुटवल,कार्तिक २६ ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा नयागाउ बेलबासले बिकासमा नया पहिचान बनाउन सकेको बताउनुभयो ।उहाले सामाजिक संघसंस्थामा एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उपभोक्ताहरु आफै सक्रिय भएर खानेपानी व्यवस्थापन भएपनि बुटवलमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि उपमहानगरले योजना अघि सारेको स्मरण बताउनुभयो ।
सो अवसरमा अध्यक्ष मिना जिसीले प्रतिवेदन पेश गर्दै खानेपानीको संसारभर महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरवृद्धि गरिने बताउनुभयो ।
नयाँगाउँ खानेपानीले उपभोक्तालाइ सहज र न्युन मुल्यमा खानेपानी खुवाउने काम संगै सरसफाइ कार्यक्रमलाइ समेत निरन्तरता दिएको बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा न १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले यस खानेपानीमा कुनै पनि कानुनको कमी नभएको बरु कार्यान्वयनको जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले यसअघिको समितिको पालामा पनि साधारणसभा हुन नसकेकाले यसपटक दुइ कार्यकालकै अडिट रिर्पाेट पास गरेर संस्थालाइ एक कदम अगाडी लैजानुपर्ने बताउनुभयो ।
साधारणसभामा बुटवल १३ का जनप्रतिनिधि एलबि गुरूङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बुटवलका अधिकृत इश्वरी आचार्य ,खानेपानी महासंघका जिल्ला अध्यक्ष धुर्व कुमार धिताल,नयागाउ माबिका अध्यक्ष तथा समाजसेवी पुरूषोतम बस्याल, खानेपानीका उपाध्यक्ष सिर्जना पौडेल,खानेपानीका परिषद सदस्य बिष्णुप्रसाद पौडेल क्षेत्री,शारदा खनाल,शिवलाल उपाध्याय,चोपकला पौडेल,अनिता गौतम ,खिमानन्द पौडेल ,चारपाला सामुदायिक बनका अध्यक्ष जगत पौडेल ,सेमलार खानेपानीका अध्यक्ष प्रेम प्रसाद पौडेल,खानेपानी महासंघका नगर अध्यक्ष भिमप्रसाद न्यौपाने ,कानुनी सल्लाहकार लेखनाथ ढकाल,राजनैतिक दलका तर्फबाट लक्ष्मी अधिकारी ,गंगा सापकोटा,नेत्र भुसाल,दिपक पन्थीलगायतले बोल्दै खानेपानीले गरेको कामसमय सापेक्ष रहेको बताएका छन् ।
सो अवसरमा सचिव रामप्रसाद भुसाल,कोषाध्यक्ष सुमित्रा खनाल,लेखा संयोजक अग्नी प्रसाद पौडेल,अनुगमन समिति संयोजक गणेश आचार्यले पेश गरेको प्रतिवेदन पास गरेको छ भने विधान समेत संसोधन गरेको छ । ८ वटा बोरिङ रहेको खानेपानीमा धारासंख्या ४ हजार ८७५ रहेको छ भने खानेपानीबाट बुटवल १२ र १३ का २४ हजार ३५० जनसंख्या लाभान्वित भएका छन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी,सहयोगी ,पूर्व कार्यसमिति लगायतलाइ सम्मान गरिएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)