Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा ऋतु थापा

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा ऋतु थापा

  • 1.2K
    SHARES

  • लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा ऋतु थापा

    बुटवल,कार्तिक २५ ।

    लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा ऋतु थापा चयन भएकी छन् ।

    रुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमीती चयन भएको हो ।
     प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् । IMG_9695.jpeg
    कार्यसमीतीमा  महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष थापाले आफु  निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नो बलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर्ने बताउनुभयो ।

    निर्बाचीत समीतीलाई लोक दाहोरी प्रतिष्ठानका संस्थाका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले सपथ ग्रहण गराउदै निर्बाचीत कार्य समीतीलाई राम्रो काम गर्न शुभकामना ब्यक्त गर्नुभयो । निर्बाचन मण्डलमा खिमानन्द भट्राई,लक्ष्मण खड्का,दिपु मगर, दामोदर घिमीरे  प्रचण्ड जिसी र मिलन गाहाले सहजीकरण गर्नुभएको थियो ।

    कार्यसमीती निर्बीरोध चयन गर्नका लागी दिपक गरौजा दिपु मगर प्रचण्ड जिसी डिल्लीनारायण पाण्डे  खिम हमाल सहीतका अग्रज कलाकारहरुले प्रयास गरेका थिए । प्रतिष्ठानको आगामी तिन बर्षका लागी नया कार्यसमीती चयन भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology