बुटवल,कार्तिक २४ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ ले मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा सहभागि गराइ नाम लेखाउन आग्रह गरेको छ।
निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति प्रजापाल गिरीले अपिल गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गर्दै काग्रेसले नाम दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने पनि सबैलाई स्पष्ट बुझाउन अनुरोध गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)