Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्यवती बज्यैलाई भक्तजनले चढाएको भेटी गणना,३२ लाख रुपैयाँ संकलन

सत्यवती बज्यैलाई भक्तजनले चढाएको भेटी गणना,३२ लाख रुपैयाँ संकलन

  • 1.2K
    SHARES

  • सत्यवती बज्यैलाई भक्तजनले चढाएको भेटी गणना,३२ लाख रुपैयाँ संकलन

    पाल्पा,कात्तिक,२३ ।

    पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट ३२ लाख रुपैयाँ नगद संकलन भएको छ। तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना गर्दा सो मात्रामा नगद जम्मा भएको हो।

    चार दिनसम्म चलेको मेलामा सहभागी भक्तजनले चडाएको भेटी गत बिहीबारदेखि गणना सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्दा प्राप्त ३२ मध्ये २६ लाख रुपैयाँ बैंक दाखिला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।photo-output.jpeg

    समितिका पदाधिकारी, तिनाउ गाउँपालिकाका कर्मचारी, स्थानीय प्रहरी प्रशासनको रोहबरमा भेटी तथा दान गणना कार्य भइरहेको उनले बताए। केही नोट पानीमा भिजेका कारण गणनामा समय लागेको भन्दै उनले साेमबार बेलुकासम्म सम्पूर्ण दान र भेटीको गणना सकिने बताए।

    १५ देखि १९ कात्तिकसम्म सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला लागेको थियो। उक्त मन्दिरमा गत वर्ष ३२ लाख ८१ हजार भेटी संकलन भएको थियो। यो वर्ष महाजोग परेका कारण तीन लाख बढी भक्तजन मन्दिरमा पुगेको आकलन समितिले गरेको छ।

    परापूर्वकालमा जंगलको बीचमा गएर सत्यबज्यैले शक्ति प्राप्त गरेको उल्लेख छ। बज्यै बहिरी भएका कारण चिच्याएर वर मागे पूरा हुने धार्मिक तथा परम्परागत विश्वास छ। यही विश्वासका कारण यहाँ हरेक वर्ष कात्तिके पूर्णिमाको अवसरमा वर माग्ने मेला लाग्दै आएको छ।

    वर माग्न नेपालका विभिन्न स्थानसहित भारतबाट समेत बाक्लो रूपमा भक्तजनको उपस्थिति रहँदै आएको छ। सिद्धबाबा मन्दिर, कामख्या मन्दिर लगायतका धार्मिक स्थल पनि तिनाउ गाउँपालिकामै पर्दछन्। सत्यवती मन्दिरको भेटी गणनामा चासो देखाएको स्थानीय सरकारले अन्य मन्दिरको भेटी र दान गरिएका सामग्रीको बारेमा बेवास्था गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology