Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थोर्गा रुपन्देही सम्पर्क समाजको रक्तदान,३६ पिन्ट संकलन

थोर्गा रुपन्देही सम्पर्क समाजको रक्तदान,३६ पिन्ट संकलन

  • 2.4K
    SHARES

  • थोर्गा रुपन्देही सम्पर्क समाजको रक्तदान,३६ पिन्ट संकलन

    बुटवल,कार्तिक २२ ।

    थोर्गा
    रुपन्देही सम्पर्क समाजको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको समाजको नियमित रक्तदान कार्यक्रम अन्तर्गत छैठौं पटक रक्तदान कार्यक्रम गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक षडानन्द पोखरेलले बताउनुभयो ।

    कार्यक्रमको उदघाटन गर्दै समाजका अध्यक्ष ओम ज्ञवालीले सामाजिक उत्तरदायित्वमा समाज सधै सक्रिय भएर अघि बढिरहेको बताउनुभयो ।

    उहाले रक्तदानको महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै अब हरेक क्षेत्रमा युवाहरुको अगुवाई जरुरी रहने बताउनुभयो ।

    कार्यक्रममा थानपति युवा समुहले बिशेष सक्रियताका साथ महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

    सो अवसरमा पूर्व अध्यक्षहरू तथा सल्लाहकारहरू ज्ञान प्रसाद ज्ञवाली,रामप्रसाद पोखरेल,मिनप्रसाद पोखरेल लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

    कार्यक्रममा चिन्तामणि ज्ञवाली, कृष्ण ज्ञवाली,प्रेमप्रसाद पोखरेल,रामचन्द्र ज्ञवाली,मदन ज्ञवाली,दिनेश ज्ञवाली लगायतको बिशेष भुमिका रहेको थियो ।

    समाजले गुल्मीको रूरू थोर्गामा जन्मभई हाल रूपन्देहीमा रहेका सबै बर्ग समुदायलाई एकसुत्रमा बाध्ने काम गरेको छ भने दुखसुखमा हातेमालो समेत गर्दै आएको छ ।IMG_9520.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology