Logo बिहिवार, आश्विन १ गते २०८३
images

सञ्चारमन्त्री जगदीश खरेलद्वारा लाइसेन्स छपाइ उद्घाटन

सञ्चारमन्त्री जगदीश खरेलद्वारा लाइसेन्स छपाइ उद्घाटन

  • 777
    SHARES

  • सञ्चारमन्त्री  जगदीश खरेलद्वारा लाइसेन्स छपाइ उद्घाटन

    काठमाडौँ ,कार्तिक २१ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् । शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच उनले सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सको उद्घाटन गरेका हुन् । 

    यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

    पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ। गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology