Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुदै,११७जनाको सहभागिता रहने

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुदै,११७जनाको सहभागिता रहने

  • 1.7K
    SHARES

  • प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुदै,११७जनाको सहभागिता रहने

    बुटवल , कात्तिक २१।
    लुम्बिनी प्रदेश स्तरीय खुल्ला मेन्स डवल्स र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ ।

    तिलाेत्तमा नगरपालिका वडा नं ३ स्थित फिट एण्ड फाइन स्पाेर्टसकाे कभर्ड हलमा हुन लागेकाे साे प्रतियोगितामा लुम्बिनी प्रदेशका १ सय १७ टिमको सहभागीता रहने जनाइएकाे छ ।

    प्रतियोगिताका संयाेजक एवम्  क्लबका उपाध्यक्ष यम बहादुर रानाका अनुसार प्रतियाेगिताकाे मेन्स डबल्स खुलातर्फ ५० टिम, भेट्रान्स ४५ तर्फ ५३ टिम तथा सुपर भेट्रान्स ५५ तर्फ १४ टिम गरि कुल ११७ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
    प्रतियोगितामामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश: रु.३५ हजार, रु.२० हजार र - तथा तृतिय पुरस्कार रु.७ -७ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
    तीन विधामा सम्पन्न हुने साे प्रतियोगिताकाे समापन शनिबार  हुने र विजयी खेलाडीहरुलाई तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पुरस्कार वितरण गर्नुहुने अर्का खेल संयाेजक अनिश थापा र लाेकबहादुर रानाले जानकारी दिनुभयाे ।

    फिट एण्ड फाइन स्पाेर्टसले विगत पाँच वर्षदेखि आफ्नै कभर्डहलमा  प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक २१ २०८२०८:०८:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology