Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए,२४०० जना सक्रिय संक्रमित

२४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए,२४०० जना सक्रिय संक्रमित

  • 2.7K
    SHARES

  • २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए,२४०० जना सक्रिय संक्रमित

    बुटवल,माघ २०- 

    नेपालमा पछिल्लाे २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्।

    गत २४ घण्टामा २ हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ। 

    गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ।  

    यस्तै, देशभर हाल ८४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६८ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

    बागमती प्रदेशमा ३२ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ आइसियु र १ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology