Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) लाई अध्ययन केन्द्रको रुपमा विकास गरिने

बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) लाई अध्ययन केन्द्रको रुपमा विकास गरिने

  • 1.4K
    SHARES

  • बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) लाई अध्ययन केन्द्रको रुपमा विकास गरिने

    बुटवल, कार्तिक १७ ।
    बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले देशभरका पार्कहरुको विशिष्टिकरणमा जोड दिएका छन । सामरिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको सोमबार सम्पन्न १७ औ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले उद्यानहरुलाई विशिष्टिकरण गर्न सके पर्यटकहरुको आर्कषण बढ्ने बताएका हुन । 
    कार्यक्रमको प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ र समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरे । IMG_9325.jpeg
    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले अतिक्रमणको चपेटामा रहेको ऐतिहासिक र सामरिक महत्वलाई जोगाउने अभियानमा यहाका पूर्वजहरुको योगदान रहेको बताए । फुलबारीको सामरिक महत्वलाई बचाउदै थप प्रचारप्रसारलाई जोड दिनुपर्ने उनको सुझाव छ । 

    कार्यक्रममा समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्थानिय सरकारको संरक्षणमा रहेको पार्कको विकास र संरक्षणमा निरन्तर सहकार्य र पहल गरिरहेको बताए । समितिलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न कार्यविधि बनाएर अघि बढ्न जरुरी रहेको भन्दै यसलाई अघि बढाउन पालिका तयार रहेको बताए । 
    कार्यक्रममा समितिका अध्यक्ष माधव प्रसाद नेपालले गतवर्ष दिगोपनाका आधारहरु मजबुत गर्न, प्रशासनिक दक्षता बढाउन, आम्दानीका वैकल्पिक श्रोत सृजना गर्न र समुदायसंगको साझेदारीलाई संस्थागत बनाउन मदत गरेको छ । पुरातन शिवालय, बिष्णुपादुका, मजारस्थान तथा स्वामीनारायणले ३०० वर्षअघि विचरण गरेको स्थानसमेत हुदा धार्मिक सहिष्णुता र सास्कृतिक सहअस्तित्वको उत्कृष्ट घोतक बनेको उनले बताए । उद्यान केवल घुमफिर गर्ने ठाउमात्र नभई यो अध्ययन, चिन्तन र आत्मिक अनुभुतिको पनि पवित्र स्थल बनेको उनको दाबी छ । 

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्याल, राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेम लुईटेल, समितिका सल्लाहकार निर्मल जिसि, समितिका उपाध्यक्ष रमेश नेपालले पार्कको विविधिकरणमा जोड दिनुपर्ने बताए । 
    बुटवलको मणिमुकुन्द सेन उद्यानमा एक वर्षको अवधिमा ५ लाख ४७ हजार १९९ जना पर्यटक भित्रिएका छन । सेनवंशिय भग्नावशेष दरबार रहेको सामरिक महत्व बोकेको यस क्षेत्रमा अध्ययन अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन । जसमा ७४ हजार भारतिय र १७५ जना तेस्रो मुलुकका पर्यटक रहेको उद्यान समितिले जनाएको छ । आर्थिक वर्षमा ४ करोड १० लाख ३४ हजार रुपैया आम्दानी भएको छ । 
    समितिमा ६०१ सदस्यहरु आवद्ध छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology