Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुबै मृगौला फेल भएका पत्रकार आत्रेयको उपचारमा आर्थिक अभाव,सहयाेगको अपील !

दुबै मृगौला फेल भएका पत्रकार आत्रेयको उपचारमा आर्थिक अभाव,सहयाेगको अपील !

  • 3.5K
    SHARES

  • दुबै मृगौला फेल भएका पत्रकार आत्रेयको उपचारमा आर्थिक अभाव,सहयाेगको अपील !

    बुटवल,माघ २०- 

    रुपन्देहीका अग्रज पत्रकार चतुर्भुज आत्रेयको उपचारमा आर्थिक अभाव भएको छ । दुबै मृगौला फेल भएका उनको उपचारका लागि रकम अभाव भएपछि सहयाेगको अपील गरिएको हाे ।

    रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका उनको उपचारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले सहयोगको अभियान समेत चलाएको महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले नागरिक अनलाइनलाइ बताए । 

    लामो समय देखि दुबै मृगौला फेल भएर उपचाररत आत्रेयको स्वास्थ्य जटिल बन्दै गएको र आर्थिक अवस्था समेत कमजोर रहेकोले उनको उपचारमा सहयोग गर्न महासंघले अपील गरेको हो ।

    उनलाई उपचार गर्न चाहनेले उनको उपचारको लागि सञ्चालनमा आएको उपचार कोष – चत्रुर्भुज आत्रेय उपचार कोष, खाता नं ००१००१००००५०३३०००००४, शाइन रेसुङ्गा बैंकमा जम्मा गर्न सकिनेछ ।

    उनलाइ गजल सागर नेपाल लगायतका संङ्घ संस्थाले रकम सहयाेग गरेका छन् ।chatruvuj-696x365.jpg

    कवि समेत रहनुभएका आत्रेयको सहयोगार्थ प्रलेस रुपन्देही र गजल सागर नेपालको पहलमा रकम संकलन भैरहेको गजल सागर नेपालका अध्यक्ष मीन राना मगरले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    याे पनि :-

    पत्रकार महासंघ रुपन्देहीको साधारणसभा भाेली,केन्द्रीय अध्यक्ष आचार्य आउने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology