Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रम संस्कृति पार्टी दर्ता, हर्क साम्पाङले लिए प्रमाणपत्र

श्रम संस्कृति पार्टी दर्ता, हर्क साम्पाङले लिए प्रमाणपत्र

  • 2.5K
    SHARES

  • श्रम संस्कृति पार्टी दर्ता, हर्क साम्पाङले लिए प्रमाणपत्र

    काठमाडौँ,कार्तिक १६ ।

    निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ ।

    साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् ।आयोगमा २ सय ४ नम्वरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्वर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।

    आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने  बताए । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उनको भनाइ छ ।उनले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ताका रुपमा प्रस्तुत हुने उल्लेख गरे । 

    हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन्  । पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology