बुटवल,कार्तिक १३ ।
मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले नागरिक अनलाइनलाइ बताए ।
उनका अनुसार प्रतियोगिताको आन्तरीक तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । पवन बस्यालको संयोजकत्वमा चार सदस्यीय मूल समिति गठन गरिएको छ ।
यसैगरी सुरेश घिमिरेको संयोजकत्वमा आर्थिक समिति, मिनराज गिरीको संयोजकत्वमा प्रचार प्रसार समिति, केशव नेपालीको संयोजकत्वमा खेल व्यवस्थापन र सुनिल गुप्ताको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति गठन गरिएको छ । कक्षा १२ सम्मका विद्यालयहरुका विचमा प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने ५५ हजार ५ सय ५५, द्धितियले ३१ हजार ५५५ रुपैयाँ नगद सहित शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिने प्राचार्य भण्डारीले बताए ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार र म्यान अफ द म्यानका रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक तथा प्लस टु संयोजक पवन बस्यालले जानकारी दिए । विद्यालयस्तरीय प्रतियोगितामा रुपन्देहीका विद्यालयहरुको सहभागिता रहनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)