Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उत्तर बाहिनीमा धार्मिक महोत्सव, भक्तजनहरूको घुइँचो (फोटोफिचर)

उत्तर बाहिनीमा धार्मिक महोत्सव, भक्तजनहरूको घुइँचो (फोटोफिचर)

  • 1.7K
    SHARES

  • उत्तर बाहिनीमा धार्मिक महोत्सव, भक्तजनहरूको घुइँचो (फोटोफिचर)

    बुटवल,कार्तिक १२ ।
    स्याङ्जाको कालीगण्डकीको उत्तर बाहिनीमा चलिरहेको धार्मिक महोत्सवमा भक्तजनहरूको सहभागिता बढ्दै गएको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न गरिएको महोत्सव हिन्दुधर्मालम्बीहरुको राम्रो सहभागिता रहेको हो ।IMG_8948.jpegIMG_8953.jpeg
    कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा ‘कालीगण्डकी महामेला, दामोदर धर्म महोत्सव’ चलिरहेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तर बाहिनीमा महोत्सवमा विभिन्न धार्मिक गुरुहरूले प्रवचन दिँदै आउनु भएको प्रतिष्ठानले जनाएको छ ।IMG_8947.jpegIMG_8954.jpeg

    धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि गरिएकाले यो महामहोत्सव दैनिक कालीगण्डकी सन्ध्या आरती, लगायतका धार्मिक कार्यहरू भइरहेको प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।

    IMG_8951.jpeg

    असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म महामेला सञ्चालन हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology