बुटवल,माघ २० ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुधबार हुँदै छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा हुने भएको हो । अध्यक्ष आचार्य बुटवल आईपुग्नुभएको छ ।
महासंघको साधारणसभाको आवश्यक तयारी पूरा भएको महासंघका अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिए । साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहाकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधरण सदस्यहरुको सहभागिता रहने सचिव रामप्रसाद आचार्यले नागरिक अनलाइनलाइ जानकारी दिए।
बुटवल मिलनचाेकस्थित सिद्धार्थ कटेजमा विहान ११ बजे हुने साधारणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ । मञ्च सजावट र ब्यबस्थापनको काम सकिएको महासंघका काेषाध्यक्ष स्वस्तिक श्रेष्ठले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)