Logo बिहिवार, आश्विन १ गते २०८३
images

चाडपर्वहरूले समाजमा थप एकता र मेलमिलापको वातावरण बनाउछन् : गिरी

चाडपर्वहरूले समाजमा थप एकता र मेलमिलापको वातावरण बनाउछन् : गिरी

  • 2.1K
    SHARES

  • चाडपर्वहरूले समाजमा थप एकता र मेलमिलापको वातावरण बनाउछन् : गिरी

    बुटवल,कार्तिक ५ ।
    नेपाली काँग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर-२, रुपन्देहीले नेपालीहरूको महान् पर्व तिहार (यमपञ्चक)-२०८२, छठ पर्व र नेपाल संवत ११४६ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

    ​क्षेत्रीय कार्यसमितिले कार्तिक ५ गते जारी गरेको एक प्रेस विज्ञप्तिमा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा मनाइँदै आएका यी पर्वहरूले नेपाली समाजको एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
    ​विज्ञप्तिमा भनिएको छ, "धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपमा सदियौंदेखि मनाईंदै आएका यि पर्वहरू हामी सबै नेपालीहरूको एकता, सहयोग, सद्भाव र बन्धुत्व विकासमा महत्वपूर्ण रहँदै आएका छन्।

    ​क्षेत्रीय सभापति प्रजापाल गिरीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणा दिने यी चाडपर्वहरूले समाजमा थप एकता र मेलमिलापको वातावरण निर्माण गर्दै समुन्नत नेपाल बनाउने हरेक नेपालीको चाहना सफल होस् भन्ने कामना गरिएको छ।

    ​कार्यसमितिले देश बिदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, कार्तिक ५ २०८२०९:२९:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology