बुटवल,कात्तिक २ ।
नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिले बुटवलमा स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ । भर्खरै सम्पन्न भएको समितिले बुटवलमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको प्रमुखसंग बुटवलमा स्वागत तथा भेटघाट कार्यक्रम गरेको हो ।
समितिका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति पन्थीले पार्टीलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।
अब पार्टीलाई समय अनुकूल प्रविधिमैत्री बनाउदै थप सशक्त, सुदृढ बनाउने बेला आएको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस पार्टी अरुभन्दा जिम्मेवार र जनतामैत्री रहेको भन्दै विधि र विधान काँग्रेसको प्राण भएको भन्दै पार्टीको विधि र विधानलाई अक्षरंस पालना गर्ने गरि बदलिएको काग्रेस बनाउनुपर्ने बताउनुभयो ।
काँग्रेस गुल्मी उत्साहजनक रुपमा अगाडि बढ्दै टोल समिति गठन, प्रत्येक वडामा पार्टी कार्यालय स्थापना, वडादेखि जिल्ला तहसम्मका बैठक नियमित सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सो अबसरमा बोल्दै समितिका अध्यक्ष गोपाल ज्ञवालीले कांग्रेसलाइ जेनजीको भावना समेत समेटेर अघि बढ्ने अवसर आएको भन्दै गुल्मी र रुपन्देहीका कांग्रेसीजनलाइ जोडेर अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा समितिका पदाधिकारी,सदस्य तथा बरिष्ठ पत्रकार खिमानन्द भट्टराइ,कपिल ज्ञवाली लगायतले बोल्दै कांग्रेसलाइ बदल्नुपर्ने र जनतालाइ केन्द्रमा राखेर अघि बढ्न र गतिबिधि संचालन गर्न सुझाव दिनुभयो ।संघीयतापछि जनतालाई महशुस हुनेगरी जनप्रतिनिधिहरु सेवक बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसअघि सम्पन्न अधिवेशनले गोपाल प्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । उप–सभापतिमा कृष्णबहादुर जिसी र विनोद ज्ञवाली निर्वाचित हुनुभएको छ ।
सचिवमा भिमलाल अर्याल र कोषाध्यक्षमा भानुभक्त पाण्डे ,त्यसैगरी सह–सचिवमा प्रेम परियार, काजिमान टण्डन, केशवराज पाण्डे र दिपक अर्याल तथा सदस्यहरूमा सुमित्रा टण्डन क्षेत्री, रेशम चन्द्र भण्डारी, विष्णु बहादुर खत्री, मृगेन्द्र हितान, अर्जुन ज्ञवाली, ध्रुर्व पोखरेल, ऋषिबाबु कुँवर, सकुन्तला महत, हेमा टण्डन, कुलचन्द्र भट्टराई, दिलिप कुमार कार्की, संगिता श्रेष्ठ, प्रदिप पन्थ र टोपेन्द्र घिमिरे निर्वाचित हुनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)