बुटवल,माघ २०-
म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको उक्त कदमले म्यानमारका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।
हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

म्यानमारमा सैन्य‘कू’, आङ सान सूकीलगायत शीर्ष नेताहरु पक्राउ
म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी छ : काँग्रेस प्रवक्ता शर्मा
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)