Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता

निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता

  • 1.1K
    SHARES

  • निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता

    काठमाडौँ, असोज ३१ ।

    नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

    दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार गतिशील लोकतान्त्रिक पार्टीको निवेदन बुधबार दर्ता भएकामा कागजात अध्ययन तथा छानबिन भइरहेको छ ।

    सात जना पदाधिकारी तथा २२ जना केन्द्रीय सदस्य गरी २९ जनाको केन्द्रीय समिति रहने सो दलले प्रस्ताव गरेको छ । सो दलले निवेदन दर्ता गराएसँगै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको दलको सङ्ख्या चार पुगेको छ । हाल आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १२४ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology