Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थानीय तहमा सुचना प्रविधिको प्रयोगबारे बुटवलमा अनुशिक्षण

स्थानीय तहमा सुचना प्रविधिको प्रयोगबारे बुटवलमा अनुशिक्षण

  • 2.3K
    SHARES

  • स्थानीय तहमा सुचना प्रविधिको प्रयोगबारे बुटवलमा अनुशिक्षण

    बुटवल,माघ २०-

    बुटवल उपमहानगरपालिकाको आयोजना तथा क्यान महासंघ रुपन्देहीको सहकार्यमा स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    नगरपालिकाका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा संचालित कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्य महाशाखा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

    नगर प्रमुख सुवेदीले आजको युग सुचना प्रविधिको युग भएको र प्रविधिको विकास र प्रगतिसँगै जोखिम पनि बढेकाले त्यसको सुरक्षाको उचित प्रवन्ध गर्नुपर्ने बताए  ।

    कार्यक्रममा बिज्ञ विप्लवमान सिहले डिजिटल हस्ताक्षरका बारे तथा विज्ञ विवेक  शमशेर राणाले साइबर सुरक्षाका सन्दर्भमा अनुशिक्षण गरेका थिए ।

    अनुप वास्कोटाले स्थानीय तहमा सुचना प्रविधिको प्रयोगको अवस्थाका बारे जानकारी गराए । क्यान महासंघका अध्यक्ष नबराज कुवँर ,केन्द्रीय सदस्य नारायण श्रेष्ठ ,क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतम  लगाउतको उपस्थिति रहेको कार्यक्रमको संचालन ठगिश्वर पोखरेलले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology