Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टी-२० विश्वकप छनोट :अपराजित नेपालको ओमानमाथि ३८ रनको शानदार जित

टी-२० विश्वकप छनोट :अपराजित नेपालको ओमानमाथि ३८ रनको शानदार जित

  • 897
    SHARES

  • टी-२० विश्वकप छनोट :अपराजित नेपालको ओमानमाथि ३८ रनको शानदार जित

    बुटवल,असोज ३० ।

    आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि नजिक पुगेको छ । बुधबार भएको रोमाञ्चक खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले चार खेलबाट आठ अंक जोडेर शीर्षस्थानमा आफूलाई स्थापित गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

    भुर्तेलले ५१ बलको सामना गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए । उनलाई आसिफ शेखले २४ रन बनाएर साथ दिएका थिए । यद्यपि, पावरप्लेमा विना विकेट क्षति ५३ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको नेपालले त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो । ओमानका मोहम्मद नदीमले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

    १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा ३२ रन जोडे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नेपालका युवा अलराउन्डर गुलशन झाले ४ ओभरमा २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । उनलाई नन्दन यादव र सोमपाल कामीले २(२ विकेट लिएर उत्कृष्ट साथ दिए भने सन्दीप लामिछानेले पनि १ विकेट आफ्नो नाममा लेखाए ।

    यसअघि नै टी(२० विश्वकपका लागि छनोट भइसकेका नेपाल र ओमानका लागि यो खेल समूह विजेता बन्नका लागि महत्वपूर्ण थियो । आजको जितसँगै नेपालले ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा आफूलाई बलियो बनाएको छ । नेपालले यसअघि यूएई र कतारलाई पनि पराजित गरेको थियो । अब नेपालले शुक्रबार सामोआसँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology