Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् सरकारले कालोसूचीमा राखेका १७ वटा निर्माण कम्पनी (सूचीसहित)

यी हुन् सरकारले कालोसूचीमा राखेका १७ वटा निर्माण कम्पनी (सूचीसहित)

  • 1.3K
    SHARES

  • यी हुन् सरकारले कालोसूचीमा राखेका  १७ वटा निर्माण कम्पनी (सूचीसहित)

    काठमाडौँ,असाेज ३० ।

    सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ।

    सूचना अनुसार कालोसूचीमा परेकामध्ये केही कम्पनीलाई एक वर्षका लागि र केहीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।

    सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो।

    कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन्।

    कालोसूचीमा परेका कम्पनीःkalosuchi-1760580388.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology