Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्छ : उपाध्यक्ष लामा

पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्छ : उपाध्यक्ष लामा

  • 1.2K
    SHARES

  • पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्छ : उपाध्यक्ष लामा

    बुटवल,असाेज २९ ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

    बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

    उपाध्यक्ष लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीका लागि नभई सम्पूर्ण मानव जगतको हितका लागि भएको उल्लेख गर्दै ध्यान र करुणाको माध्यमबाट क्लेशरहित जीवन सम्भव हुने बताए ।  ‘बुद्धको शिक्षा नै एक प्रकारको विज्ञान हो, जसलाई सबै मानवले अपनाउन सक्छन् ।’ उनले भने ।

    त्यस अवसरमा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाणेकाजीले लुम्बिनीको विकासका लागि ‘मायाँदेवी सुत्केरी मार्ग’ को अवधारणा अघि सारिएको जानकारी दिए । उनले बुद्ध जन्मपछि मायाँदेवीले गरेको यात्रालाई पर्यटनसँग जोड्न सकिने बताए ।

    पाणेकाजीले नेपालको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।इकोमसका विश्वभर ११७ देशमा राष्ट्रिय समिति, ३१ वैज्ञानिक समिति र १३७ देशका १२ हजार ७१५ विज्ञ सदस्य रहेको जानकारी दिइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology