Logo बिहिवार, आश्विन १ गते २०८३
images

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाए हस्ताक्षर

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाए हस्ताक्षर

  • 1.1K
    SHARES

  • विशेष महाधिवेशन माग गर्दै कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाए हस्ताक्षर

    काठमाडौं,असोज २९ ।

    नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए।

    उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए।

    उनले पार्टीभित्र विवाद वा विद्रोहका लागि नभई महाधिवेशन प्रतिनिधिहरूले स्वर्गीय नेता सुवर्णशम्शेर राणालगायतले प्रयोग गरेको असल अभ्यासलाई अबलम्बन गरेको बताए।विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकार भएको पनि बताए।

    जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए।पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जानु पर्ने पक्षमा छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology