Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा ज्ञवाली

नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा ज्ञवाली

  • 1.4K
    SHARES

  • नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा ज्ञवाली

    बुटवल, असोज २८।

    नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा गोपाल ज्ञवाली सर्वसम्मत चयन हुनभएको छ ।बुटवलमा सम्पन्न तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।जसको उपाध्यक्ष कृष्ण बहादुर जिसि र विनोद ज्ञवाली, सचिवमा भिष्मराज अर्याल, कोषाध्यक्षमा भानुभक्त पाण्डे चयन हुनुभएको छ ।

    त्यस्तैगरि सह–सचिव  प्रेम परियार , काजिमान टण्डन, केशबराज पाण्डेय, दीपक अर्याल त्यस्तै सदस्यहरुमा सुमित्रा टण्डन क्षेत्री , रेशम चन्द्र भण्डारी , बिष्णु बहादुर खत्री , मृगेन्द्र हितान , अर्जुन ज्ञवाली , धुर्व पोखरेल , रिषिबाबु कुवर , सकुन्तला महत , हेमा टण्डन , कुलचन्द्र भट्टराई , दिलिप कुमार कार्की , संगिता श्रेष्ठ , प्रदिप पन्थ र टोपेन्द्र घिमिरे चयन भएका हुन् । 

    कार्यक्रमको उद्३ाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले संगठन सुदृढीकरण र पार्टीमा सक्रिय सदस्यहरूको समन्वयले मात्र कांग्रेस बलियो बन्न सक्ने बताउँदै गुल्मी रुपन्देही सम्पर्क समितिले त्यस्तो उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले “कांग्रेसको संगठन बलियो पार्न स्थानीयस्तरको सक्रियता अनिवार्य छ, सम्पर्क समितिहरू त्यसको मेरुदण्ड हुन्,” भन्दै निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

    त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले सम्पर्क समिति पार्टीको नशा–नाडी हो भन्दै यसले रुपन्देहीमा मात्र नभई प्रदेशस्तरमै संगठनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पार्टी भित्रको सहकार्य र सामूहिक नेतृत्वले मात्र संगठनले गति लिने उल्लेख गर्नुभयो । उहाँले सम्पर्क समितिको भूमिका जिल्लास्तरका निर्णयमा सल्लाहकारका रूपमा प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । साथै उहाँले सम्पर्क समिती हाम्रो मेरुदण्ड रहेको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सभापती सम्पर्क समितिका सभापती घनश्याम पन्थको रहेको थियो भने सञ्चालन सचिब पृथबहादुर फौदारको रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology